
अस्वस्थ भए ओली
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
अस्वस्थ्य भएपछि उनी अहिले घरमै आराम गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ ।
अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्नेजस्ता समस्या देखिएकोले घरमा आराम गरिरहेका छन् ।
अध्यक्ष ओली अस्वस्थ्य भएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा उनी सहभागी हुन सकेका थिएनन् । बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन् ।



कागजपत्र |
