
विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडाैं- सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले सार्वजनिक पदमै रहँदा अमेरिकाको स्थायी आवासीय अनुमति पत्र (पीआर) लिएका थिए ।
गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका पौडेल अहिले प्रहरी हिरासतमै छन् ।



कागजपत्र |
