हङकङविरुद्ध नेपाललाई पहिलो झड्का, गुमायो पहिलो विकेट


काठमाडौँ – ओमानमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि हङकङसँग भइरहेको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

कुशल भुर्तेल शून्य रन बनाएर आउट भएका हुन् । भुर्तेल लगातार दोस्रो खेलमा भुर्तेल डकमा आउट भए । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पहिलो सेमिफाइनल खेल युएईबाट नेपालले टोलीमा परिवर्तन गरेको छैन ।

नेपाल युएईसँग ६ विकेट तथा हङकङलाई ओमानसँग ५ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएका थिए ।

प्रतिक्रिया