नेपाल दूरसञ्चार कम्पनीले माग्यो कर्मचारी


काठमाडौं-  नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम कम्पनीको कर्मचारी विनियमावली, २०७८ (संशोधन समेत) बमोजिम खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागिएको हो ।

आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, दस्तखतको नमुना, आफूले हासिल गरेको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्रहरू, तालिम, अनुभव, परिषद् दर्ता प्रमाणपत्र, समावेशिताको प्रमाणपत्र, समकक्षता निर्धारण पत्रहरू अनलाइन फारामको निर्दिष्ट स्थानमा अपलोड गरी कम्पनीको website www.ntc.net.np वा recruit.ntc.net.np मार्फत दरखास्त दिनुपर्नेछ ।

प्रतिक्रिया