संखुवासभा जाँदै गरेको माइक्रो दुर्घटना, २१ जना घाइते


काठमाडौं – धनकुटामा माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

काठमाडौंबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटा नगरपालिका–९ स्थित मूलघाट-रुद्रबारी सडकखण्डमा राति २ बजे दुर्घटना भएको हो। माइक्रोबस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए।

घाइतेमध्ये ९ जनाको उपचार धरानस्थित घोपा अस्पतालमा भइरहेको छ। उनीहरूको अवस्था मध्यम छ। अन्यको उपचार धनकुटा जिल्ला अस्पतालमा भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ। तीनजना भने उपचारपछि फर्किसकेको शाहले बताए।

प्रतिक्रिया