नेसपा छोडेका पाण्डे युवा तथा सामाजिक विकास विज्ञमा नियुक्त


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वदीप पाण्डेलाई युवा तथा सामाजिक विकास विज्ञमा नियुक्त गरेका छन् ।

चार दिन अघि मात्रै डा- बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) छोडेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका पाण्डेलाई प्रधानमन्त्रीले युवा तथा सामाजिक विकास विज्ञ नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भट्टराई नेतृत्वको नेसपाको प्रचार विभाग प्रमुखसमेत रहेका पाण्डे चार दिन अघि वैशाख तीन गते मात्रै माओवादी केन्द्र प्रवेश गरेका थिए ।

प्रतिक्रिया