पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ


काठमाडौं- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा कालिञ्चोक गाउँपालिका–७ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा –७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका–६ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।

वैदेशिक रोजगारमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिइ विदेश नपठाई सिवाकोटी र नेपाल सम्पर्कविहीन भएका थिए ।

सिवाकोटीले विशन विश्वकर्मासहित दुई जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भनी तीन लाख ५० हजार रुपियाँ लिएका थिए । ,नेपालले आचल तिवारीलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी एक लाख रुपियाँ लिई ठगी गरेको प्रहरी उपरीक्षक एवम् प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया