

एसिसी प्रिमियर कपः नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं – एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
ओमनस्थित अलअमरेत क्रिकेट ग्राउन्ड—१ मा युएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएकाे छ ।
नेपाल समूह ‘ए’ को विजेता र युएई समूह ‘बी’को उपविजेता हो । समूह चरणमा नेपालले चार वटै खेलमा जित हासिल गर्दा यूएईले ३ खेलमा जित र एक खेलमा हार बेहोरेको छ ।
प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।

