बाजुराका दुई बालिका कर्णाली नदीमा बगे


बाजुरा- बाजुराको दुई बालिका कर्णाली नदीमा बगेर बेपत्ता भएका छन् ।

बाजुराको जगन्नाथ गाउँपालिका–२ बस्केना बस्ने नन्दबहादुर शाहको छोरी १५ वर्षीया सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीको छोरी १३ वर्षीया सन्जु कुमारी शाही बिहीवार दिउँसो सोही ठाउँको नुनेपानी स्थित कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन् ।

प्रहरी चौकी कुन्ना बाजुराबाट प्रहरी टोली खटिई दुबै बालिकाको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुबै बालिकासहित ५ जना बालिका नुहाउने क्रममा नदीमा बगेकोमा तीन जना बालिकाको सकुशल उद्दार गरिएको साथै नदीमा बगेर बेपत्ता भएका दुई बालिकाहरुको खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया