विमान भित्र बेवारिसे अवस्थामा भेटियो १ किलो सुन


काठमाडौँ – विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन भेटिएको छ ।

दिल्लीबाट आएको ईण्डिगो एयरलाइन्सको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन भेटिएको हो ।

बेवारिसे अवस्थामा भेटिएको सुन ल्याउने व्यक्तिबारे अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

सुन ल्याउने मान्छेको खोजीकार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया