लुम्बिनीमा एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार


काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकीकृत समाजवादीकी भगवती अधिकारीलाई मन्त्री नियुक्त गरेका छन् ।

एकैदिन दुईपटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री महराले अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

यसअघि बिहीबार नै महराले एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री नियुक्त गरेका थिए । यससँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ।

नवनियुक्त मन्त्रीको शपथ आज बेलुका ५ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने जनाइएको छ।

प्रतिक्रिया