

नेपालले पायाे ७४ रनको लक्ष्य

काठमाडौं- ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित ८ ओभरमा सात विकेट गुमाएर ७३ रन बनाएको हो ।
साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा नेपालका करण केसी र अभिनास बोहराले दुईदुई, प्रतिश जिसी र ललित राजवंशीले एकएक विकेट लिए ।

