बोरा बोकेर हिँडिरहेका ७ जनाको तलासी गर्दा भेटियो डेढ सय किलो गाँजा


मकवानपुर- डेढ सय किलोग्राम गाँजा सहित प्रहरीले मकवानपुरबाट सात जनालाई पक्राउ गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेना र कर्मचारीको संयुक्त टोलीले मनहरी गाउँपालिका-४, माथिल्लो मसिनेबाट उनीहरूलाई पक्राउ गरेको हो ।

राष्ट्रिय निकुञ्ज नजिकैको क्षेत्रमा बोरा बोकेर हिंडिरहेका उनीहरूलाई सुरक्षाकर्मीले सोधपुछ गरेका थिए ।शंका लागेर खानतलासी गर्दा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-३ का दुई जना किशोर छन्।  उनीहरूको नाम सार्वजनिक गरिएको छैन।

त्यस्तै, कैलाश गाउँपालिका-४ का २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय हरिकुमार प्रजा, २७ वर्षीय वीरमान प्रजा, मनहरी गाउँपालिका-३, हाँडीखोलाका ४४ वर्षीय रामहरि लुइँटेल र मनहरी-५ का ३६ वर्षीय दीपक थापा मगर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया