
दुबईमा मुसलधारे वर्षा, डुबानमा विमानस्थल
दुबई – संयुक्त अरब इमिरेट्स (यूएई) र आसपासका देशमा मंगलबार मुसलधारे वर्षा भएको छ ।
भारी वर्षाका कारण युएईका कयौँ स्थान पानीमा डुबेका छन् । बाढीका कारण कयौँ सहरमा जाम भएको छ । छिमेकी देश ओमानमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण १८ जनाको मृत्यु भएको छ ।
बाढीको सबैभन्दा धेरै असर दुबईको ट्राफिकमा देखिएको छ । सडक यातायात देखि हवाई यातायातमा समेत समेत अवरोध उत्पन्न भएको छ । दुबईको विमानस्थल पानीमा डुबेका छन् । कयौँ उडान रद्द भएका छन् ।
यस अघि सोमबार ने दुबई प्रहरीले खराब मौसमप्रति सर्तक रहन सर्वसाधारणहरूका लागि सुरक्षा एड्भाइजरी जारी गरेको थियो । युएईको मौसम विभागले दुबई, आबुधाबी सहित कयौँ ठुला सहरमा आगामी २४ घन्टनाभित्र भारी वर्ष हुने चेतावनी दिएको थियो ।
आइतबार र सोमबार ओमानको विभिन्न हिस्सामा अचानक आएको बाढीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको ओमानको राष्ट्रिय विपद् व्यवस्थापन समितिले बताएको थियो । देशको विविध हिस्सामा भारी वर्षा जारी छ । मौसम बुधबारसम्म खराब रहने बताइएको छ ।



कागजपत्र |
