सिड्नीमा फेरि चक्कु प्रहारको घटना, १६ वर्षीय बालक पक्राउ


सिड्नी- अस्ट्रेलियाकाे अस्सिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको क्रममा विशप, एक पादरी र अन्य व्यक्तिमाथि चक्कुले प्रहार भएको छ । यस मामिलामा प्रहरीले १६ वर्षीय बालकलाई समातेका छन् ।

घटनामा कम्तीमा चार जना घाइते भएको प्रहरीले बताएको छ । यस घटनामा आक्रमणकारी पनि घाइते भएका छन् ।

अस्ट्रेलियामा एक साताभित्र चक्कु प्रहारको यो दोस्रो घटना हो । हालै सिड्नीमा भीडभाड भएको एउटा शपिङ मलमा चक्कु प्रहारको घटनामा छ जनाको ज्यान गएको थियो भने धेरै घाइते भएका थिए ।

प्रतिक्रिया