नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा सिफारिस


काठमाडौं-  नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् ।

नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा जोशी र ढकाललाई बढुवा गर्न सिफारिस गरेको हो ।

एआईजी सन्दीप भण्डारी बैशाख ५ र  एआईजी मिरा चौधरी थारु बैशाख ७ मा अवकाशमा जाँदैछन् । त्यसपछि रिक्त हुने २ पदमा जोशी र ढकाल सिफारिसमा परेका हुन् ।

प्रतिक्रिया