
पार्किङ गरी राखेको कारमा आगलागी
झापा – झापाको बिर्तामोडमा पार्किङ गरी राखेको कारमा आगलागी भएको छ ।
बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित वानस्टप मल अगाडि प्रदेश १-०१-००१ च ९०९९ नम्बरको हुन्डाइको कारमा आगलागी भएको हो ।
आइतबार दिउँसो करिब २ः४० बजे कारमा अचानक आगलागी भएको हो । पेट्रोलले चल्ने कारको अगाडि इन्जिनको भागमा आगलागी भएको हो । बिर्तामोड नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।
जलेर कारको इन्जिनको भागमा क्षति पुगेको छ । बिर्तामोड १ का खड्ग बहादुर श्रेष्ठको कारमा आगलागी भएको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।



कागजपत्र |
