‘विप्लव’ले गरे ६ महिने पार्टी योजना स्थायी समिति बैठक पेश


काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बसेको छ ।

कपिलवस्तुस्थित पार्टी कार्यालयमा स्थायी समिति बैठक बसेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले बताए ।

बैठकमा महासचिव ‘विप्लव’ले ‘पार्टीलाई आन्तरिक रूपले सुदृढ गरौँ, समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौँ’ शीर्षकको राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

प्रस्तावमा पार्टीको आगामी ६ महिने योजना समेटिएको प्रवक्ता ‘प्रकाण्ड’ले बताए । बैठकमा समाजवादी मोर्चासहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको जनाइएको छ ।

बैठकमा महासचिव ‘विप्लव, प्रवक्ता प्रकाण्डसहित नेताहरूले धारणा राखेका छन् ।

प्रतिक्रिया