

राष्ट्र बैङ्ककाे डेपुटी गभर्नरमा नवनियुक्त ढुङ्गाना र मिश्रद्वारा पद बहाली

काठमाडौँ- नवनियुक्त डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैङ्कको कार्यालयमा शपथग्रहण गराएसँगै दुवै जनाले बुधवार नै पद बहाली समेत गरेका छन् ।
गत मंगलबार प्रधानमन्त्री निवास वालुटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई डेपुटी गभर्नर पदमा नियुक्त गरेको थियो ।

