रामेछापमा बिहानै टिपर दुर्घटना हुँदा चालकको मृत्यु


रामेछाप – रामेछापमा सोमबार (आज) बिहानै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भने, सह–चालक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बागमती प्रदेश ०१–००६ ख ३८३९ नम्बरको चालक २० वर्षीय ‘दीपेन्द्र’ भन्ने पवित्र बस्नेतको रहेका छन् । गम्भीर घाइते बस्नेतको उद्दार गरी मन्थली अस्पतालमा पुर्‍याउन साथ चिकित्सकको टोलीले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख (डिएसपी) प्रदीप कुमार सिंहले बताए ।

बालुवा बोकेर मन्थली नगरपालिका वडा नं ७ भटौली पोडेदह स्थित मन्थली–मुगिटार–खाँडादेवी सडक मुगिटारबाट मन्थली तर्फ आउँदै गरेको टिपर दुर्घटनामा सह–चालक दोलखा तामाकोशी गाउँपालिका वडा नं ६ च्यामा बस्ने अन्दाजी २१ को मनोज फुयाँल गम्भीर घाइते भएका छन् ।

उनको मन्थली अस्पतालमा उपचार भइरहेको डिएसपी सिंहले जानकारी गराए । उनको हात र मुखमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।

टिपरको दुर्घटना कारण भने खुल्न सकेको छैन् ।

प्रतिक्रिया