संसद स्वभाविक ढंगले नचले मुलुक ताजा जनादेशमा जान्छ : ईश्‍वर पोखरेल


वीरगन्ज : उपप्रधानमन्त्री एंव नेकपा एमालेका महासचिव ईश्‍वर पोखरेलले संसद स्वभाविक प्रकृया अनुसार नचले ताजा जनादेशमा मुलुक जाने बताएका छन्।

वीरगन्जमा बिहीबार प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले भने, ‘संसद स्वभाविक प्रकृया अनुसार चले ठिकै छ यदि त्यसो भएन भने मुलुक ताजा जनादेशमा जाने र त्यसका लागि तयार रहन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन छ।’

उनले सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा पुगेको र त्यही अनुसार अब अगाडि बढ्ने बताए। उनले माओवादी केन्द्रबाट एमालेमा आएका सम्पूर्ण नेताहरुलाई सम्मानजनक स्थान दिएर व्यवस्थापन गरिने पनि बताए।

अब सरकार र एमालेको पार्टीको एउटै उदेश्य मुलुकमा राजनीतिक स्थायीत्व प्रदान गर्ने र यसलाई नै केन्द्रमा राखेर सरकार र एमाले अगाडि बढ्ने पोखरेलले बताए। पुर्नजिवित एमालेले सबै बामपन्थि शक्तिहरुलाई समेट्दै अगाडि बढ्ने पनि उनले बताए।

प्रतिक्रिया