

भारतमा चटयाङ लागेर २ बालकको मृत्यु, तीन घाइते

पटना- भारतको मध्यप्रदेश श्यौल जिल्लामा चट्याङ लागेर २ बालकको घटनास्थलमै मृत्यु भएको छ । अन्य ३ बालबालिका घाईते भएका छन् ।
बिजयपुर थाना प्रभारी सतीश दुबेका अनुसार घटना शनिवार साँझ भएको थियो । धामीनी गाउँ छेउमा बालबालिकाहरु बाख्रा चराईरहेका थिए, सोही क्रममा पानी पर्न सुरुहुँदा बालबालिकाहरु एउटा रुखमुनि बसिरहेका थिए ।
वर्षाको बीचमा अचानक चट्याङ लागेर ८ बर्षका १ जना र १२ बर्षका १ गरी दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रभारी दुबेले जानकारी दिएका छन ।

