त्रिभुवन विश्वविद्यालयको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त


काठमाडौं- त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्राध्यापक प्राडा खड्ग केसी र रजिष्ट्रारमा प्राडा केदार रिजाल नियुक्त भएका छन । त्रिविका कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो उनीहरूलाई नियुक्त गरेका हुन्  ।

केसी अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुन्  भने रिजाल खुला विश्वविद्यालयका डीन र त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका प्राध्यापक हुन् ।

उनीहरूलाई चैत १५ गते नै उपकुलपति प्राध्यापक केशरजंग बरालले नियुक्तिको लागि सिफारिस गर्नुभएको थिए ।

 

प्रतिक्रिया