त्रिविको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त


काठमाडौं – त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।

त्रिविका उपकुलपति प्रा. डा. केशरजंग बरालले सिफारिस गरेकै व्यक्तिहरू नियुक्त भएका हुन् । बरालले काम गर्ने वातावरण बनाउन आफूले सिफारिस गरेका व्यक्तिहरू नै नियुक्त हुनुपर्ने अडान लिएका थिए ।

त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री) ले नियुक्ति गर्नुपर्ने व्यवस्था छ । रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने प्रा। केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा छन् ।

प्रतिक्रिया