भेपलाई पूर्ण प्रतिबन्ध गर्नुपर्छ : प्रदीप पौडेल


काठमाडौँ – नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले इ-सिगरेट (भेप) लाई पूर्ण प्रतिबन्ध गर्नुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद शृङ्खला कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई हानी हुने जानकारी हुँदाहुँदै राज्यले के फाइदाका आधारमा आयात गरिरहेको छ रु भन्दै प्रश्न गरे ।

उनले स्वास्थ्यमा हानी पुर्‍याउने कुनै पनि सामग्रीको आयातमा प्रतिबन्ध लगाउन जरुरी रहेको बताए ।

उनले नेपाली नागरिकको स्वास्थ्य कसरी स्वस्थ राख्ने भन्ने बारेमा राज्यले विशेष चासो दिनुपर्ने बताए ।

उनले युवाहरू मद्यपान र धूम्रपानमा बढी रुमल्लीरहेको अवस्थालाई नियन्त्रण गर्न कानूनबाटै निषेध गर्न जरुरी रहेको उल्लेख गरे । नेता पौडेलले कानूनबाटै कडा भएर अघि बढ्न सके धेरै समस्याहरू समाधान हुने जिकिर गरे ।

प्रतिक्रिया