विदेशी नागरिकको सुक्ष्म निगरानी गर्न गृहको निर्देशन


काठमाडौं – गृहमन्त्रालयले विदेशी नागरिकको सुक्ष्म निगरानी गर्न परिपत्र गरेको छ ।

मन्त्रालयले सबै ७७ वटै जिल्लाका सीडीओलाई पत्र पठाएर नेपालमा रहेका कतिपय विदेशी नागरिक विना प्रवेशाज्ञा हिँड्डुल गर्ने गरेको भन्दै कानूनविपरीतका गतिविधिको सुक्ष्म निगरानी गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएको हो ।

विभिन्न जिल्लामा धर्म प्रचार-प्रसार तथा धर्म परिवर्तनको नाममा विभिन्न व्यक्ति तथा संस्थाले धार्मिक सम्मेलन तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको र त्यस्ता धार्मिक प्रशिक्षण कार्यक्रममा सहभागी भएका विदेशी नागरिकले गैरकानूनी रूपमा धर्म प्रचार-प्रसार तथा धर्म परिवर्तन गर्ने कार्यमा समेत संलग्न भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया