

‘झुट्टा प्रमाण राखी निर्दोषहरूको जिन्दगीसँग खेल्नेहरूको २०८१ सालमा सर्वनाश होस्’

काठमाडौं– नेपाल प्रहरी केन्दिय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरिक्षक (डिएसपी) रुगम कुँवरले नयाँ वर्षको शुभकामना दिँदै सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बदनियत राखेर कारबाही सिफारिस गरेको दाबी गरेका छन् ।
झुट्टा प्रमाण राखेर निर्दोषहरूको जिन्दगीसँग खेलिएको दाबी गर्दै उनले लेखेका छन्, ‘झुट्टा प्रमाण राखी निर्दोषहरूको जिन्दगीसँग खेल्ने, अर्काको बदनाम र बेइज्जत गर्न रमाउनेहरूको २०८१ सालमा सर्वनाश होस् !! नयाँ वर्षको पावन अवसरमा आफन्त तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।’
उनले यसअघि पनि जुन तथ्य र प्रमाणमा टेकेर कारबाहीको सिफारिस गरेको छ त्यो प्रमाण नै झुट्टा बनाईएको दाबी गरेका थिए ।
जाँचबुझ आयोगको प्रतिवेदनमा फरार रहेका जीवन चलाउनेसँग बिगत ८ महिनामा २४ सय पटक फोन सम्पर्क भएको, सुन र चलाउनेको विषयलाई कोही अमुक पात्रलाई फोनबाट म्यासेज पठाएको आधार लिँदै आयोगले डिएसपी कुँवरलाई कारवाहीको सीफारिस गरेको स्रोतले जनाएको छ । यस विषयमा डिएसपी कुँवरले आयोगलाई आफ्नो कल रेकर्ड हेर्न चुनौती दिएका छन् ।
यो पनि:

