

विश्वकै सबैभन्दा ठूलो बैंकिङ ठगी मुद्दामा भियतनामी महिलालाई मृत्युदण्ड

एजेन्सी – विश्वकै सबैभन्दा ठूलो बैंकिङ ठगीको मुद्दा भियतनाममा टु्ंगिएको छ ।
पर्यवेक्षकहरुले उत्सुकतापूर्वक हेरिरहेको उक्त बैंक ठगी मुद्दा विश्वकै सबैभन्दा ठूलो हो ।
हो ची मिन सहरको उपनिवेशकालीन भवनमा रहेको अदालतले भियतनामको एक ठूलो बैंकलाई ११ वर्षभन्दा बढी समयदेखि ठगेको अभियोग खेपेकी ६७ वर्षीया घरजग्गा कारोबारी महिलालाई मृत्युदण्डको सजाय सुनाएको हो ।
भियतनाममा पहिलो पटक वित्तीय अपराधमा कुनै एक महिलालाई मृत्युदण्डको फैसला सुनाइएको यो दुर्लभ घटना हो ।
ट्रूङ मी लानले साइगन कमर्सियल बैंक (एससीबी) बाट ४४ अर्ब अमेरिकी डलर ऋण लिएको मुद्दामा दाबी गरिएको छ ।
अदालतले उनलाई २७ अर्ब अमेरिकी डलर फिर्ता गर्न आदेश दिएको छ । तर अदालतले उक्त रकममध्ये २७ अर्ब डलर कहिल्यै नउठ्ने आशंका गरेर उनलाई दबाव दिने उद्देश्यले मृत्युदण्डको सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

