हावाहुरीले फेवातालमा डुंगा पल्टियो


पोखरा – बिहीबार दिउँसो फेवातालमा अचानक आएको हावाहुरीको कारण डुंगा दुर्घटना भएको छ ।

सशस्त्र प्रहरीका अनुसार कायक बोट पल्टिँदा दुर्घटनामा परेकी एक जनाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौँ महानगरपालिका– १७ सामाखुसी बस्ने २५ वर्षीया अग्नि देवकोटा तालमा खसेकी थिइन् ।

उनलाई फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरी किनारमा ल्याएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

थापाका अनुसार उनको अवस्था सामान्य छ ।

प्रतिक्रिया