

मोटरसाइकल ‘मोडिफाइ’ गरेर चलाए २५ दिन थुनामा बस्नुपर्ने

पर्वत- कास्की प्रहरीले मोडिफाइ(स्वरूप परिवर्तन) गरिएका मोटरसाइकल चलाउनेलाई कडा कारबाही गर्ने भएको छ।
सामान्यतया स्वरूप परिवर्तन गरिएका मोटरसाइकल फेला परे सम्झाई बुझाई छाड्ने वा केही रकम जरिवाना तिराउने गरेकोमा अब २५ दिनसम्म हिरासतमा बस्नुपर्ने भएको हाे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा यो अभियान शुरु गरिएको हो ।
समाजमा होहल्ला मचाउँदै हिँड्ने, चर्को आवाजमा ध्वनि प्रदूषण गर्ने, साइलेन्सर पाइपबाट आगो समेत निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएर कास्की प्रहरीले कारबाही गरिरहेको छ ।

