

भारतको छत्तीसगढमा मजदुर बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

काठमाडाैं-भारतको छत्तीसगढमा मजदुर बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ मजदुर चढेको बस छत्तीसगढको दुर्ग जिल्लास्थित कुम्हारीनजिक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । दुर्घटनामा १५ जना भन्दा बढी घाइते भएका छन्।
बस खपरी गाउँ पुग्नै लाग्दा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो । छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव सायले घटनाको अनुसन्धानका लागि निर्देशन दिइसकेको बताएका छन् ।

