राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, को बन्ला नयाँ उपाध्यक्ष ?


काठमाडौं – राष्ट्रियसभा बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ बजे बोलाइएको छ ।

संसद सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभावाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर बिधेयक २०७७’ का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउने छन् ।

माननीय दुर्गा गुरूङले ‘माननीय सदस्य बिष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।

साथै, माननीय भगवती न्यौपानेले ‘माननीय सदस्य बिमला घिमिरेलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।

साथै, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाइ निर्णायार्थ प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एमालेकी बिमला घिमिरे उपाध्यक्ष निर्वाचित हुने निश्चित छ । उनलाई नेकपा एमालेसहित राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रको पनि समर्थन रहेको छ ।

प्रतिक्रिया