सुन तस्करी प्रकरण : १५ लाख रुपैयाँ धरौटीमा छुटेका जीवन गुरुङ फरार


काठमाडौं – सुन तस्करीमा संलग्न रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ फरार भएका छन् ।

१४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेर १५ लाख रुपैयाँ धरौटीमा रिहा भएका गुरुङ अहिले फरार भएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुनमा समेत संलग्नता देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । तर केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अहिलेसम्म गुरुङलाई फेला पार्न सकेको छैन ।

१४ किलो सुन तस्करीमा गुरुङको संलग्नता देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले घलेलाई १४ फागुनमा पक्राउ गरेको थियो । गुरुङविरुद्ध विमानस्थल भन्सार कार्यालयले १ अर्ब ४० करोड रुपैयाँ बिगो र ५ वर्षको कैद सजाय माग्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

२१ मंसिरमा फ्लाई दुबईको एयरमार्फत १४ किलो सुन लिएर आउँदै गर्दा गोरखाका चन्द्र घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । डिल्लीबजारमा रहेको प्लाटिनम कलेजका अध्यक्ष समेत रहेका गुरुङलाई ५ चैतमा १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी रिहा भएका थिए ।

प्रतिक्रिया