शुक्रबार विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री महरा


बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

शुक्रबार दिउँसो १ बजे मुख्यमन्त्रीले विश्वासको मत लिने भएकाले सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभाको बैठक बोलाउने तयारी गरेका हुन् ।

लुम्बिनी प्रदेशसभा नियमावलीको नियम १२ अनुसार बैठक बस्न लागेको हो। प्रदेशसभाका ८७ सांसद मध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छन् ।

महरालाई गठबन्धन दल एमालेको २९, माओवादी १०, नागरिक उन्मुक्ति पाटीका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन रहेको छ ।

महराले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तारको काम अगाडि बढाउने तयारी गरेका छन् ।

प्रतिक्रिया