राष्ट्रियसभा उपाध्यक्षका लागि घिमिरे र पुडासैनीले गरे उम्मेदवारी दर्ता


काठमाडौं – राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेसका सांसद गरी २ जनाको उम्मेदवारी परेको छ ।

यही २८ गते हुने निर्वाचनका लागि एमालेका तर्फबाट विमला घिमिरे र नेपाली कांग्रेसका तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गरेका हुन् ।

मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा घिमिरे र पुडासैनीले उम्मेदवारी दर्ता गरेका हुन् ।

घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा गोपीबहादुर सार्की रहेका छन् । त्यस्तै पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट रहेका छन् ।

प्रतिक्रिया