अप्रोच’को कारण देखाउँदै बंगलादेशको जहाजले गर्‍यो ओभरसुट


काठमाडौँ – ढाकाबाट काठमाडौँ आएको बंगलादेशको जहाजले ‘ओभरसुट’ गरेको छ ।

सवा ६ बजे साँझ अवतरण गर्ने तय भएको जहाजले ‘अन स्टेवल अप्रोच’को कारण देखाउँदै ‘ओभरसुट’ गरेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

आकाशमा दुई फन्को मारेपछि जहाजले अप्रोच मिलाउँदै अवतरण गरेको छ ।

काठमाडौँमा अन्य उडान(अवतरणहरु भने सामान्य भइरहेको समयमै विमान बंगलादेशको जहाजले ‘ओभरसुट’ गरेको हो । बीबीसी३७३ जहाजले ‘ओभरसुट’ गरेको हो ।

प्रतिक्रिया