गण्डकी सरकार गठनविरुद्ध कांग्रेस अदालत जाने
काठमाडाैं- सभामुख कृष्णप्रसाद धितालको समेत समर्थन जुटाएर नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक कदम भएको भन्दै नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको जानकारी सहमहामन्त्री जीवन परियारले दिए ।