
देउवाले बोलाए संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक
काठमाडौं — नेपाली कांग्रेसका संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक आज बस्दै छ ।
सभापति शेरबहादुर देउवाको आह्वानमा बैठक बिहान ८ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको हो ।
संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । संसद् बैठक चैत २७ गते (मंगलबार) बोलाइएको छ ।



कागजपत्र |
