

शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक चैत ३ गते बस्ने

काठमाडौं -प्रतिनिधिसभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विभिन्न समयमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गरेको थियो ।
त्यसपछि सभामुख अग्नीप्रसाद सापकोटाले बैठक चैत ३ गते बस्ने बताउँदै बुधबारको बैठक स्थगित भएको घोषणा गरेका थिए ।

