गृहमन्त्री लामिछानेमाथि सहकारीको विषयमा संसदीय समिति बन्नुपर्छ: नेता भण्डारी


रुपन्देही-  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेताहरूमाथि अनुसन्धान गर्न छानबिन समिति गठन हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आइतवार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भण्डारीले छानबिन समिति गठनको माग संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यता भएको बताए ।

‘विगतमा अरुमाथि औँला उठाउनेहरूले आफूमाथि प्रश्न उठेपछि छानबिनका लागि तयार भएर नैतिकता देखाउनुपर्छ,’ भण्डारीले भने, ‘संसदीय छानबिन समिति माग गर्नु नयाँ दल वा गृहमन्त्री लामिछानेप्रति कुनै आग्रह–पुर्वाग्रह होइन ।’

प्रतिक्रिया