वोरिङको पानी पिउँदा ५ बालबालिकाको मृत्यु


काठमाडौं- पाकिस्तानको सिन्ध प्रान्तस्थित संघर जिल्लामा बेरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको मृत्यु भएको छ ।

हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको मृत्यु भएको पाकिस्तान टुडेले जनाएको छ ।

विषाक्त पानी सेवनपछि तुरुन्तै उनीहरूलाई अस्पताल लगिएको अधिकारीले जनाएका छन् ।  उनीहरूमा ज्वरो, बान्तालगायत असहजताको सामना गरेको उपचारको क्रममा बताएका थिए।

घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँ पठाइएको छ ।

प्रतिक्रिया