

तोकेकै ठाउँमा मात्रै विद्यालय पोसाक र पुस्तक किनाउन नपाउने

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरूले पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी बिक्री गर्न ठाउँ तोक्न नपाउने भएका छन् । शिक्षा विभागले विद्यालयहरूलाई परिपत्र गर्दै तोकिएको ठाउँमा मात्र खरिद गर्न बाध्य नगर्न सचेत गराएकाे हो ।
सामुदायिक विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन् । अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नु परेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्नेछ।
संस्थागत विद्यालयले पनि पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउन भनिएको छ ।

