आज तोलामा ६०० ले बढ्यो सुनको मुल्य


काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा ८५ हजार ६०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ८६ हजार २०० मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ६५ हजार १५० मा कारोवार भएकामा आजका लागि भने ८५ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १५ ले उकालो लागेको छ । एक हजार २५५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २७० मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया