प्रधानमन्त्रीले दिए मन्त्रीहरुलाई ‘डेली टास्क’, अब दिनभरि गरेको कामको अपडेट साँझ गराउनुपर्ने


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब मन्त्रीहरुलाई थप काम दिएका छन् । बिहीबार बसेको नियमित मन्त्रीपरिषद् बैठकबाट प्रत्येक मन्त्रीहरुलाई दैनिकरुपमा आफूहरुले गरेको काम बेलुका अपडेट गराउनुपर्ने जनाएका छन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा बोल्दै आजकै क्याबिनेटबाट यो निर्णय गराएको जानकारी गराए।

समितिमा बोल्दै प्रधानमन्त्रीले भने, ‘आज मैले एउटा निर्णय पनि क्याबिनेटबाट गराएको छु। अब सबै मन्त्रीहरूले गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने, प्रत्येक दिन बेलुका दिनभरि गरेकामध्ये ठूलो र राम्रो काम प्रत्येक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएपछि सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ। त्यसले सबै मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ। हामी बल गर्दैछौं।’

 

प्रतिक्रिया