चीनमा नेपाली चेलीले जितिन् ७० किलोमिटरको ट्रेलरेस


काठमाडाैं- नेपाली चेली सुनमाया बुढाले चीनमा कीर्तिमानी समयसहित ट्रेलरेसको उपाधि जितेकी छिन् ।

जुम्लाको पातारासी गाउँपालिका– २ पेरे विकट गाउँकी अल्ट्राधावक बुढाले आइतबार भएको वेनलिङ गोल्डेन कोस्ट ट्रेलरेसअन्तर्गत ७० किलाेमिटर रेसको दूरी सात घण्टा ६ मिनेट १७ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन् ।

चीनमा हुने चुनौतीपूर्ण रेसमा सुनमायाले निकालेको समय रेसको कीर्तिमानी समय हो ।

सुनमायाले हङकङको आइटिआरए नेसनल लिगको उपाधि पनि जितेकी थिइन् । उनी सय किलोमिटर अल्ट्रारेसमा विश्वकै शीर्ष आठ अल्ट्रारनर हुन् ।

 

प्रतिक्रिया