राजीनामा दिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह
काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने कार्यसूची छ । तर, मत पाउने अवस्था नदेखेपछि शाह राजीनामा दिने तयारी गरिरहेका छन् । स्राेतका अनुसार शाहले प्रदेशसभामा सम्बाेधन गरेर राजीनामा दिने तयारी थालेका छन् ।
मुख्यमन्त्री शाहलाई विश्वासकाे मत प्राप्त गर्न आफ्नाे दलका १८, नाउपाका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १ र स्वतन्त्र १ सांसदकाे गरि २७ मत आवश्यक छ । तर नाउपाका २ सांसद काठमाडौंमै रहेका छन् ।
नाउपमा रेशम पक्षका ५ जना सांसद विश्वासकाे मत दिन तयार रहे पनि रञ्जिता श्रेष्ठकाे पक्षका २ जना सांसद विपक्षमा रहेका छन् । उनीहरू काठमाडाैंबाट मत दिन जान तयार नभएकाे अवस्थामा स्वतन्त्र सांसद डाक्टर तारा जाेशीले पनि काठमाडाैं नछाड्ने बताए । ‘उहाँहरु २ जना कुनै हालतमा जानुहुन्न . त्यसैले मैले गएर पनि मुख्यमन्त्रीलाई मत पुग्दैन । म पनि जान्न’ उनले भने
यी तीन सांसद विश्वासकाे मत दिन धनगढी नजाने भएपछि मुख्यमन्त्री शाहले राजीनामाकाे तयारी गरेकाे स्राेतले बताएकाे छ ।
सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् । सुदूरपश्चिममा बमुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ ।