शिवरात्रिका दिन काठमाडौँका यी स्थानमा सवारी निषेध (सूचनासहित)


काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार शिवरात्रि पर्वको अवसरमा उपत्यका विभिन्न क्षेत्रमा चल्ने सवारी साधनमा रोक लगाएको छ ।

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको भिड लाग्ने हुनाले सो क्षेत्र भएर चल्ने सवारी साधनको लागि अन्य रुटहरूको व्यवस्था गरी उक्त क्षेत्रमा सवारी साधन निषेध गरिएको महाशाखाले जनाएको छ ।

महाखाले बुधवार सूचना प्रकाशित गर्दै यातायात सञ्चालन पशुपतिनाथ मन्दिर क्षेत्र वरपरका क्षेत्रहरूमा सवारी साधना सञ्चालन गर्न रोक लगाएको जानकारी दिएको हो । महाशाखाले सवारी साधन चलाउनको लागि वैकल्पिक मार्ग प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

यद्यपी तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न पाउँछन् । ‘शिवरात्रिको दिन चक्रपथमा चल्ने यातायात सेवा सुचारू गरिनेछ । तर दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिनेछ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

पशुपति विकास कोषले कोभिड(१९ को जोखिम कायम रहेकोले दर्शनार्थीले अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।

कोभिड(१९ महामारीको अन्त्य नभए पनि सदाझैँ महाशिवरात्रि यसपटक पनि भव्यताको साथ मनाउने तयारी गरेको कोषका सदस्य सचिव डा। प्रदीप ढकालले बताए । ढकालले भने, ‘दर्शनार्थीले अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने, स्यानिटाइजर र मास्क अनिवार्य लगाउनुपर्नेछ ।’

नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाकर्मी परिचालन हुने उनले जानकारी दिए । नेपाल स्काउटका समेत गरी ४ हजार स्वयमसेवक परिचालन हुने डा। ढकालले जानकारीले दिए । मन्दिर नजिकैको गेटमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ । उक्त दिन सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको गरेर ३० वटा स्वास्थ्य संस्थाको शिविर हुनेछन् ।

प्रतिक्रिया