कर्णालीमा नयाँ सरकार गठन गर्न चैत २७ गतेसम्मको समय


काठमाडौँ – कर्णाली प्रदेशमा आउँदो चैत २७ गतेभित्र नयाँ सरकार गठन गर्न आह्वान गरिएको छ ।

प्रदेश प्रमुख तिलक परियारले बुधबार विज्ञप्ति जारी गर्दै चैत २७ गतेभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएपछि नयाँ सरकार गठन गर्न आह्वान गरिएको हो ।

प्रतिक्रिया