

आजदेखि फेरि पानी पर्ने सम्भावना

काठमाडाैं- आजदेखि फेरि वर्षा र बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अघिल्लो हप्ता लगातार भैरहेको वर्षा र बदली हटे पनि फेरि नयाँ मौसमी प्रणाली भित्रिन लागेको मौसमविदले बताएका छन् । यतिखेर सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भेगमा आंशिक बदली रहेको छ ।
दिउँसोपख कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै गण्डकी र कर्णाली प्रदेश लगायतका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अबको तीन दिनसम्मै पहाडी भेगका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बताएका छन् ।

