

एकदिवसीय सिरिजः नेपाल ‘ए’विरुद्ध आयरल्याण्डले टस जित्दै ब्याटिङ गर्ने

काठमाडौं – आयरल्यान्ड ‘ए’ सँगको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ले पहिला फिल्डिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । खेल ९ः३० देखि हुँदैछ ।
नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’सँग तीन एक दिवसीय खेल खेल्नेछ । तीन खेलको टी–२० खेलको सिरिज आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’लाई २–१ ले हराएको थियो ।

